हल्दिबारी, २२ पौष । हल्दीबारी गाउँपालिका वडा नम्बर १ का ७२१ परिवारलाई बिधुतिय चुलो वितरण गरिएको छ ।

हल्दीबारी गाउँपालिका अध्यक्ष रवीन्द्र प्रसाद लिङ्देनको प्रमुख आतिथ्यता एवं वडा अध्यक्ष देवी बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा उनिहरुलाई बिधुतिय चुलो हस्तान्तरण गरिएको थियोे ।

उक्त कार्यक्रममा चुलो वितरण गर्दै प्रमुख अतिथि लिङ्देनले यो कार्यक्रम हल्दीबारी गाउँपालिका भरी संचालन गर्ने बताउदै नेपालमै उत्पादन भएको बिधुत खपत गरि राज्यको आम्दानी बढाउन समेत आग्रह गर्नु भएको छ ।
बिदेशबाट आयातित ग्यास भन्दा ज्यादै सस्तो हुने बताउदै जनतालाई राहत पुग्ने कुरामा आफू र पालिका लागिपरेको समेत जिकिर गर्नुभएको छ।

बिधुतिय चुलोको दिगो बजार बिकास गरि स्वच्छ भान्सा निर्माण र स्वदेशी उर्जाको प्रयोगलाई प्रोत्साहन गर्ने उदेश्यले GIZ/ CNDOV को आर्थिक सहयोगमा Pratical Action र सामुदायिक बिधुत उपभोक्ता रास्ट्रिय महासंघ नेपालको सहकार्यमा वडा नम्बर १ का ७२१ परिवारलाई पहिलो चरणमा चुलो बितरण गरिएको हो।

वडा अध्यक्ष देविबहादुर थापाका अनुसार बिधुतिय चुलो स्थानीय जनतालाई उपलब्ध गराउन सहजीकरणको काम गरेको बताउदै , बजार मुल्यमा ३८९५ पर्ने चुलो उपभोक्तालाई १००७ रुपैयाँमा उपलब्ध गराउने व्यवस्था मिलाएको हो ।

उनका अनुसार २०७० रुपैयाँ उपभोक्तालाई सामुदायिक बिधुत उपभोक्ता रास्ट्रिय महासंघ नेपालले व्यहोर्ने गरि छ भने ४ महिना सम्मको खाना पकाउदा लाग्दै आएको बिधुत महसुसमा लाग्ने शुल्क समेत तिरिदिन लागेको छ ।

बिधुतिय चुलो वितरण उद्घाटन कार्यक्रममा स्वागत मन्तव्य वडा सदस्य प्रकाश कार्कीको रहेको कार्यक्रमको सहजीकरण वडा सचिव तुलसा खत्रीको रहेको थियो ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
1
+1
1
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार