हल्दिबारी, २३ पुष । मंगलबार बिहान चीन-नेपाल सीमाक्षेत्रलाई केन्द्रबिन्दु बनाएर ७ म्याग्निच्युडको ठूलो भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार, यो भूकम्प चीनको तिब्बतको दिंगे कान्टी क्षेत्रमा ६:५० बजे गएको हो।

भूकम्पको केन्द्र सिगात्से क्षेत्रबाट ३५ किलोमिटर टाढा रहेको जनाइएको छ। यस भूकम्पको धक्का नेपाल, भारत, बंगलादेश, भुटान, र चीनका विभिन्न स्थानमा महसुस गरिएको छ।

काठमाडौं उपत्यकामा समेत भूकम्पको धक्का अनुभव गरियो। यद्यपि, ठुलो क्षति नभए पनि मानिसहरू त्रासमा परेका थिए। बिहानै शक्तिशाली भूकम्पको कारण मानिसहरू घरबाट बाहिर निस्किएका थिए भने सडकमा सवारीसाधन रोकिएका थिए।

यस घटनासँगै स्थानीय र क्षेत्रीय निकायहरू भूकम्पपछिको अवस्थाको मूल्यांकन र सहयोगमा जुटिरहेका छन्।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
1
+1
2
+1
0
+1
0
+1
1
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार