केचना, २३ पौष । कचनकवल गाउँपालिकाकै सबैभन्दा पुरानो बजार पथरिया बजारलाई व्यवस्थित बनाउन शुरु गरिएको छ ।
झापाको दक्षिणी सिमा नजिकै २०१८ सालबाट बजार लाग्दै आएको उक्त क्षेत्र मित्तल चिया बगानको स्वामित्व रहेको छ । चिया बगान लगाए सगै मित्तल परिवारले मन्दिर र बजारको लागि करिव ५ बिगाहा जमिन छुट्टाएर त्यस ठाउँमा व्यवसाय शुरु गराएको स्थानीय बताउँछन् ।
अहिले उक्त ठाउँलाई व्यवस्थित गर्न वडा नम्बर २ को समन्वयमा गाउँपालिकाले सार्वजनिक सौचालयको लागी ७ लाख ५० हजार र बजारमा पेवल्स बिछ्याउन ५ लागी बिनियोजन गरेपछि काम अगाडि बढाएको वडा अध्यक्ष लेखनाथ खत्रीले बताउनुभयो ।
उनका अनुसार बजारलाई व्यवस्थित गर्न ढल बनाउने कार्यलाई प्राथमिकता राखेको र आगामी बजेट मार्फत पेवल्स बिस्तारलाई समेत व्यवस्थित गर्न लागेको छ ।
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
+1
+1
+1
+1
+1