झापा । झापा जिल्लाको बिर्तामोडमा फेरि एकपटक नवजात शिशु मृत फेला परेको छ। बिर्तामोड-५ को जात्रुवारीस्थित सडक छेउमा आज दिउँसो करिब २:३० बजे गर्भमा ३/४ महिनाको जस्तो देखिने नवजात शिशु घोप्टो अवस्थामा मृत फेला परेको हो।
इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी प्रकाश विष्टका अनुसार घटनास्थलमा शिशु बेवारिसे अवस्थामा भेटिएको छ, र यसबारे अनुसन्धान भइरहेको छ। करिब एक महिनाअघि पनि त्यही ठाउँमा नवजात शिशुको शव फेला परेको थियो ।
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
+1
+1
+1
+1
2
+1