विराटनगरको इस्टर्न स्टार होटलमा एक भारतीय नागरिक मृत अवस्थामा फेला परेका छन्। भारतको बिहार, पूर्णिया निवासी ३५ वर्षीय दीपककुमार साह होटलमा मृत भेटिएका हुन्। साह भारतीय कपडा कम्पनी सियारामका कर्मचारी थिए।
साह कम्पनीका अन्य कर्मचारीहरूसँग कार्यक्रमका लागि विराटनगर आएका थिए। घटनाबारे जानकारी दिनुहुँदै मोरङका प्रहरी प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले बुधबार राति कक्टेल डिनर (मदिरासहितको रात्रीभोज) पछि साह सुतेको र बिहीबार बिहान उनको शव होटलको कोठामा फेला परेको बताए।
साथीहरूले मृत देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रारम्भिक अनुसन्धानका आधारमा साहले धेरै मदिरा सेवन गरेका कारण मृत्यु भएको हुनसक्ने आशंका गरिएको छ। उनको शव पोस्टमार्टमका लागि परिवारका सदस्यहरूलाई विराटनगर ल्याउन भनिएको प्रहरीको जानकारी छ। यस घटनामा थप अनुसन्धान भइरहेको छ।
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
+1
+1
+1
+1
+1