तनहुँ जिल्लाको भीमाद बचत तथा ऋण सहकारीका प्रबन्धक रामबाबु गैह्रेलाई कुटपिट गरेको आरोपमा भीमाद नगरपालिका-७ का वडाध्यक्ष प्रकाश श्रेष्ठसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।

वडाध्यक्ष श्रेष्ठकी पत्नी लक्ष्मीकुमारी श्रेष्ठले २०७६ सालमा सहकारीबाट २८ लाख रुपैयाँ ऋण लिएर नतिरेपछि धितो राखेको जग्गा लिलामी गरिएको थियो। यो विषयलाई लिएर वडाध्यक्ष श्रेष्ठले प्रबन्धक गैह्रेमाथि कुटपिट गरेका थिए।

घटनाबारे जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ परेकाहरूमा वडाध्यक्ष प्रकाश श्रेष्ठसहित इश्वरकुमार श्रेष्ठ, नितेश श्रेष्ठ, नेपोलने श्रेष्ठ र विकल श्रेष्ठ रहेका छन्। सहकारीका अध्यक्ष काजीमान श्रेष्ठले पटकपटक ऋण चुक्ता गर्न सूचना पठाउँदा समेत बेवास्ता गरेपछि सहकारीले कानुनी प्रक्रिया पूरा गरी जग्गा लिलामी गरेको बताए।

सञ्चालक समितिको निर्णय कार्यान्वयन गरेको भन्दै प्रबन्धक गैह्रेमाथि सोमबार बिहान खाना खाइरहेको समयमा श्रेष्ठसहित पाँच जनाले आक्रमण गरेको प्रबन्धक गैह्रेको भनाइ छ। कुटपिटका कारण प्रबन्धकसहित उनका परिवार त्रासमा रहेको जानकारी दिइएको छ।

इलाका प्रहरी कार्यालय बेलचौतराका प्रहरी निरीक्षक पोषण थापाका अनुसार पक्राउ परेका पाँच जनामाथि जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार