त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुन सहित दुईजना पक्राउ परेका छन्। झापा कनकाई नगरपालिका-११ की ३६ वर्षीया पुष्पा माले र सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-१ की ३२ वर्षीया फुर्पा लामु तामाङलाई प्रहरीले सुनसहित पक्राउ गरेको हो।

नेपाल एयरलाइन्सको दोहाबाट काठमाडौं आएको उडानमा आएका उनीहरूको साथबाट क्रमशः ६७.५१ ग्राम र ८१.६० ग्राम गरी जम्मा १४९.११ ग्राम सुन बरामद गरिएको छ।

पक्राउ परेका दुवैलाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, सिनामंगलमा पठाइएको छ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार