बिर्तामोड । झापाको बिर्तामोडमा फोटोन र सोकोन कमर्शियल ईभी सवारी साधनको नयाँ शोरूम र वर्कसपको संचालनमा आएको छ ।

बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले स्टेट अफ आर्ट सोरुम र सर्भिस सेन्टरको उद्घाटन गर्नु भएको थियो ।

प्रमुख अतिथि बिर्तामोड नगरपालिकाका नगर उपप्रमुख संग्रौलाले इभि गाडीले वातावरणमा हुने फाइदाको चर्चा गर्दै राम्रो ,दिगो र भरपर्दो देखिने गाडीले व्यवसायीक र उपभोक्तालाई समेत फाइदा पुग्ने बिश्वास राख्नु भएको थियो ।

बिर्तामोडमा शोरुम उद्घाटन गरेकै दिन १७ वटा इभि गाडिको बुकिङ भएको र सस्तो र दिगो यातायातको आवश्यकता र भविष्यमा इलेक्ट्रिक सवारी साधनको महत्त्वबारे बतास माओ कमर्सियल भ्याकलस प्रोडक्ट प्रमुख सबिन्द्र बिक्रम थापाले जानकारी दिनुभएको थियोे ।

फोटोनको हाल नेपाल भरी ७७ स्थान स्पीड चार्ज लगाइसकेको र छिट्टै नै १५० स्थानमा स्पीड चार्जर विस्तारित हुने कार्यक्रममा जानकारी दिइएको छ ।

उद्घाटन कार्यक्रममा फोटोन र सोकोनका अत्याधुनिक कमर्शियल इलेक्ट्रिक सवारी साधनको प्रस्तुतिकरण र आगामी योजनाहरुको बारेमा विस्तृत जानकारी दिइएको थियो ।

एमएडब्लु वृद्धि कमर्सियल भ्याकलसका सेल्स हेड नबिन आचार्यले एमएडब्लु ग्रुपको इतिहास र एमएडब्लु वृद्धिको बिभिन्न इलेक्ट्रोनिक गाडीहरुको बारेमा बिस्तृत जानकारी गराउँदै आगामी दिनहरुमा फोटोनको अन्य सेग्मेन्टमा पनि गाडीहरु उपलब्ध गराउन लागेको जानकारी दिएका थिए ।

उक्त अवसरमा माउन्टेन इवि हाइरुफ गाडीको समेत लन्च गरिएको थियो । उद्घाटन कार्यक्रमको सहजीकरण बिर्तामोड ब्रान्च म्यानेजर अनिल पौडेलको रहेको थियो ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार