(फाइल तस्विर) झापा । झापाको हल्दिबारी गाउँपालिका वडा नं. २ मा जंगली हात्तीले निरन्तर उपद्रो मच्चाउन थालेको छ । हिजोमात्र भेलागढी जङ्गलबाट निस्किएको हात्तीले स्थानीय बावुलाल महतोको घर भत्काउनुका साथै लाखौं रुपैयाँको नोक्सानी पुर्याएको थियो ।
दैनिक रूपमा हात्ती निस्कन थालेपछि भेलागढी जङ्गल हुँदै देउनिया खोलाको वरिपरिका बासिन्दाहरु त्रसित बन्दै गएका छ्न ।
साझ पख र बिहानी पख हात्तीको बथाननै जलथल जङ्गलतिर लाग्ने र फर्कने हुँदा त्यस क्षेत्रका बासिन्दाले लगाएको अन्न बाली देखि जनधनको समेत नोक्सानी व्यहोर्नुपर्ने बाध्यता रहेको छ ।
यसरी हात्तीको उपद्रो र दैनिक हात्ती आउन थालेपछि भेलागुढी महोत्सवमा मानिसको आगमन समेत न्यून रहेको आयोजक बताउछन् । हल्दिवारीमा मात्रै हात्तीको आक्रमणबाट एक वर्षमा ४ जनाको ज्यान समेत गएको छ ।
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
+1
1
+1
+1
+1
+1