तस्बिर:राज अधिकारी / दक्षिण एशियाका श्रीलंका, बङ्गलादेश, भारत र नेपालमा मात्र पाइने यो प्रजाति नेपालमा अत्यन्तै कम देखिने सर्पहरूमध्ये पर्दछ। यद्यपि, यसअघि यसको उपस्थितिको लेखाजोखा भए पनि यसरी प्रस्ट रूपमा फोटो खिचिएको यो नै पहिलो पटक हो।

नवलपरासीको बर्दघाटमा नेपालका लागि दुर्लभ मानिने ‘अलिभ किलब्याक’ सर्प फेला परेको छ। सर्प उद्दारकर्मी दुर्गा लामीछाने र फोटोग्राफर राज अधिकारीले सर्पको तस्वीर खिच्दै यस दुर्लभ प्रजातिको पहिलो स्पष्ट रेकर्ड तयार गरेका छन्।

दक्षिण एशियाका श्रीलंका, बङ्गलादेश, भारत र नेपालमा मात्र पाइने यो प्रजाति नेपालमा अत्यन्तै कम देखिने सर्पहरूमध्ये पर्दछ। यद्यपि, यसअघि यसको उपस्थितिको लेखाजोखा भए पनि यसरी प्रस्ट रूपमा फोटो खिचिएको यो नै पहिलो पटक हो।

‘अलिभ किलब्याक’ सर्प कोलुब्रिडे परिवारमा पर्ने अविषालु प्रजातिको सर्प हो। यसले मानवीय जीवनमा प्रत्यक्ष खतराको कुनै संकेत दिदैंन। यसको शरीरमा हरियो र खैरो रङको मिश्रण देखिन्छ, जसले यसलाई प्राकृतिक परिवेशमा लुकेको जस्तो देखिन मद्दत गर्छ।

भारतको तमिलनाडु र आन्ध्र प्रदेशजस्ता क्षेत्रमा सामान्यतया पाइने यो सर्प नेपालमा भने निकै दुर्लभ छ। बर्दघाटमा यस प्रजातिको सर्प देखिनु जैविक विविधताको दृष्टिले ठूलो महत्व राख्छ।

यस प्रजातिको नेपालमा केही पुराना रेकर्डहरू रहे पनि फोटो खिच्न सकिएको घटना पहिलो पटक भएको हो। दुर्गा लामीछाने र राज अधिकारीले खिचेको यो तस्वीर नेपालमा जैविक विविधता अध्ययनका लागि उपयोगी सामग्री बन्न सक्ने अपेक्षा गरिएको छ।

सर्प उद्दारकर्मी लामीछानेका अनुसार, नेपालमा यस्तो दुर्लभ प्रजाति फेला पर्नु यहाँको जैविक प्रणाली अझै अध्ययनको खाँचो रहेको तथ्य उजागर गर्छ। “हामीले यसलाई देख्न र क्यामेरामा कैद गर्न पाउनु निकै दुर्लभ अवसर हो,” उनले बताए।

‘अलिभ किलब्याक’ सर्पलाई अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (IUCN) ले आफ्नो रातो सूचीमा ‘कम चासोका प्रजाति’ का रूपमा वर्गीकृत गरेको छ। यसलाई ठूलो खतरा नरहेको मानिए पनि स्थानीय स्तरमा यसको संख्या कति छ भन्नेबारे कुनै स्पष्ट तथ्यांक छैन।

यो घटना नेपालमा जैविक विविधताको अध्ययन र संरक्षणका लागि थप प्रेरणा बन्न सक्छ। राज अधिकारीका अनुसार, “हामीले यसलाई फोटो खिच्न सफल भएको मात्र होइन, यसको उपस्थितिलाई कागजातमा राख्न पनि सकेका छौँ। यो राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा चर्चा पाउने घटना हो।”

बर्दघाट क्षेत्रमा जैविक विविधताको महत्त्व झल्काउने यो घटना क्षेत्रको संरक्षण र अध्ययनमा नयाँ सम्भावना ल्याउन सक्छ। यो क्षेत्र विभिन्न दुर्लभ प्रजातिका जीवजन्तुको बासस्थानका रूपमा परिचित हुँदै आएको छ।

विशेषज्ञहरूका अनुसार, यस्तो दुर्लभ प्रजातिको सर्प फेला पर्नु बर्दघाटको प्राकृतिक सम्पदाको महत्त्वलाई पुष्टि गर्दछ। साथै, यो घटनाले संरक्षणका लागि समुदायको चासो र प्रयासलाई थप सशक्त बनाउन सक्छ।

नेपालमा जैविक विविधता संरक्षणको दृष्टिले ‘अलिभ किलब्याक’ सर्पको पत्ता लाग्नु सकारात्मक संकेत हो। यो घटनाले नयाँ अनुसन्धानका लागि मार्गप्रशस्त गर्नेछ भन्ने विश्वास गरिएको छ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार