नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)का झापा जिल्ला उपाध्यक्ष अरुण तिमल्सिनाले आफु रहेको सम्पुर्ण जिम्मेवारीबाट मुक्त भएको घोषण गरेका छन।
विद्यार्थी राजनीतिमा लामो यात्रा गरेका तिमल्सिनाले राजनीति वितृष्णाका कारण सोही निर्णय लिएको बुझिएको छ । मेचि बहुमुखी क्याम्पसमा पुष २७ गते भएको ३५ औं क्याम्पस अधिवेशन सम्पन्न पश्चात तिमल्सिनाले आफ्नो सामाजिक संजाल मार्फत बाट सोही निर्णय जानकारी गराएका थिए।
बढदो झापाको गुटगट राजनीति बाट ग्रसित एमाले भित्र तिमल्सिनाको निर्णयले एउटा तरङ्ग उत्पन्न भएको छ । तिमल्सिनालाई थुप्रै विद्यार्थी नेता सगै शुभचिन्तकहरुले सान्त्वना प्रदान सगै आगामी दिनका लागि शुभकामना प्रकट गरेको भेटिएको छ।
तिमल्सिनाले लेखेका छन:-
प्रिय साथिहरु नमस्कार,
बिगत १० बर्ष देखि म अनेरास्वियुको मेचि क्यामप्सको सदस्य, सचिव हुदै जिल्ला कमिटि झापा सदस्य हुदै हाल म अनेरास्वियु जिल्ला कमिटि उपाध्यक्ष छु ! हाल्सम्म आफुले आफ्नो जिम्बेवारि आफ्नो विवेकले भ्याएसम्म निभाएकोमा सधै गर्व गर्दछु ! आज सम्म सहयोग गर्नुहुने सम्पुर्ण महानुभाव हरुप्रति सधै आभारि रहने छु ! आज मिति २०८१ पौष २७ गते (10:45PM) बाट हाल रहेको पदमा अनि कुनैपनि जिम्बेवारिमा नरहेको घोषणा गर्दछु, धन्यवाद् !!
Grateful for the journey, ready for the next chapter.