हल्दिबारी गाउँपालिका वडा नम्बर १ ले आज दोस्रो चरणमा २७९ परिवारलाई बिधुतिय चुलो वितरण गरेको छ ।

वडा अध्यक्ष देवि बहादुर थापाका अनुसार पहिलो चरणमा ७२१ परिवार , आज दोस्रो चरणमा २७९ परिवार र तेस्रो चरण गरि १५ सय परिवारलाई चुलो वितरण गर्न लागिएको हो ।

बिधुतिय चुलोको दिगो बजार बिकास गरि स्वच्छ भान्सा निर्माण र स्वदेशी उर्जाको प्रयोगलाई प्रोत्साहन गर्ने उदेश्यले GIZ/ CNDOV को आर्थिक सहयोगमा Pratical Action र सामुदायिक बिधुत उपभोक्ता रास्ट्रिय महासंघ नेपालको सहकार्यमा वडा नम्बर १ का १ हजार परिवारलाई चुलो बितरण गरिएको छ ।

वडा अध्यक्ष देविबहादुर थापाका अनुसार बिधुतिय चुलो स्थानीय जनतालाई उपलब्ध गराउन सहजीकरणको काम गरेको बताउदै , बजार मुल्यमा ३८९५ पर्ने चुलो उपभोक्तालाई १००७ रुपैयाँमा उपलब्ध गराउने व्यवस्था मिलाएको हो ।

उनका अनुसार २०७० रुपैयाँ उपभोक्तालाई सामुदायिक बिधुत उपभोक्ता रास्ट्रिय महासंघ नेपालले व्यहोर्ने गरि चुलो वितरण गरिएको हो ।

वडाको समन्वयमा वडा भित्रका अति विपन्न , दलित , एकल महिलालाई १६५० रुपैयाँ बराबरको चुलोलाई व्यवस्थित गरि चलाउनको लागी बाइरिङ्ग गरिदिने व्यवस्था समेत मिलाएको अध्यक्ष थापाले जानकारी दिनुभयो ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार