हल्दिबारी, २९ पुस । राष्ट्रिय भाक्का दिवसको अवसरमा आज झापाका तीन पालिकाले सार्वजनिक बिदा दिएका छन्।

आदिवासी राजवंशी समुदायको प्रमुख परिकार “भक्का”लाई सम्मान गर्न पुस २९ गते यो दिवस मनाइन्छ। हल्दिबारी गाउँपालिका, भद्रपुर नगरपालिका र कचनकवल गाउँपालिकाले यस अवसरमा बिदा दिने निर्णय गरेका हुन्।

सूचना अनुसार ती पालिकाहरूमा अत्यावश्यक सेवाबाहेक अन्य कार्यालय, शैक्षिक संस्था र स्वास्थ्य केन्द्रहरू बन्द रहनेछन्। राजवंशी समुदायले परम्परागत खाजा “भक्का”को संरक्षण र प्रवर्द्धनका लागि यो दिवस मनाउँदै आएको हो।

यसै सन्दर्भमा, आइतबार झापाको भद्रपुरमा राजवंशी समाज विकास समितिले भाक्का पीठ उत्सव विविध कार्यक्रमसहित मनाएको छ भने आज बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा आठौँ राष्ट्रिय भाक्का दिवसका लागि विशेष कार्यक्रम हुने जनाइएको छ। यो दिवसले राजवंशी समुदायको परम्परागत परिकारको महत्वलाई उजागर गर्दै संरक्षणमा जोड दिने उद्देश्य राखेको छ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार