अमेरिकाको लस एन्जल्स क्षेत्रमा झण्डै एक हप्तादेखि जारी भीषण आगलागीले ठूलो जनधनको क्षति पुर्‍याएको छ। हालसम्म २४ जनाको मृत्यु भएको पुष्टि भएको छ भने १६ जना अझै बेपत्ता रहेका छन्। लस एन्जल्स काउन्टीका स्वास्थ्य अधिकारीहरूले मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने अनुमान गरेका छन्।

आगलागीले इटन, प्यालिसेड्स लगायतका क्षेत्रहरूमा गम्भीर प्रभाव पारेको छ। विशेष गरी प्यालिसेड्समा २३,००० एकडभन्दा बढी क्षेत्र जलेर नष्ट भएको छ। क्यालिफोर्नियाका मौसम विज्ञहरूले आगो अझै फैलने चेतावनी दिएका छन्, जसले गर्दा थप भौतिक क्षति पुग्न सक्ने खतरा छ।

तीव्र हावाको कारण आगो नियन्त्रणको प्रयासलाई चुनौती मिलेको छ। आगलागीबाट अहिलेसम्म २५० अर्बदेखि २७० अर्ब अमेरिकी डलर बराबरको क्षति भएको अनुमान गरिएको छ। विशेषज्ञहरूले आगलागीको नियन्त्रणका लागि थप स्रोत र रणनीति आवश्यक रहेको औंल्याएका छन्।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार