विराटनगर । विराटनगरमा तीव्र गतिको बसको ठक्करले एक महिलाको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटना विराटनगर–१४ की ५५ वर्षीया हक्री खातुनको ज्यान गएको हो।
प्रदेश १–०१–००१ ख ४४८३ नम्बरको बसले बाटो क्रस गर्दै गरेकी खातुनलाई ठक्कर दिएको थियो। मोरङ प्रहरीका अनुसार, रानीबाट बसपार्कतर्फ आउँदै गरेको तीव्र गतिमा गुडिरहेको बसले आज साँझ करिब ६ बजेतिर ठक्कर दिएको हो।
दुर्घटनामा संलग्न बस र बस चालक, विराटनगर–१७ का ४५ वर्षीय सोमराज भट्टराई,लाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको मोरङ प्रहरीले जनाएको छ।
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
+1
+1
+1
+1
+1