शास्त्र हराए संस्कार हराउछ ,संस्कार हराए संस्कृती हराउछ
संस्कृती हराए पहिचान हराउछ , पहिचान हराए राष्ट्र हराउछ ।
नेपाली वि. स लाई आधार बनाएर तिथि मिति अनुसार करिव साना , मझौला ठुला वा स्थानिय , क्षेत्रीय र राष्ट्रीय रुपमा करिव ३५ वटा पर्व हरुलाइ विशेष रुपमा मनाइन्छ । नया वर्ष वैसाख १ देखि सुरु भै असार १५ , साउने सक्रान्ती जनै पुर्णिमा ,तिज , लोल्सार , सिरुवा , वडा दसै , तिहार उदौली उभौली आदि आदि त्यसै मध्ये एक माघे संक्रान्ती पनि हो । नेपाली मौलिक पर्व वा सांस्कृतिक पर्व हरु धार्मिक र वैज्ञानिक छन ।

नेपालीहरुले परम्परागत रुपमा मनाउंदै आइरहेको पर्व हरुले सहृदता , भाइचारा , धार्मिक सहिष्णुता , वैज्ञाानिकता सबै पक्ष लाई समेटेको पाइन्छ । यी चाडवाड ले परिवार लाई जोड्ने एकता तथा आफ्ना विचार लाई आदन प्रधान गर्ने थलो को रुपमा समेत लिइन्छ । मानसिक पीडा लाई दुर गर्ने मनोभवना जोड्ने एक कडिको रुपमा हाम्रा पर्वहरुको महत्व रहेको पाइन्छ । मानसिक तनाव ( डिप्रेसन ) लाई कम गर्ने मा पनि यी पर्वहरुको विशेष महत्व रहेछ । टाढा टाढा रहेका परिवारका सदस्य हरु यिनै पर्व हरुलाइ आधार बनाइ घर आउने जस्ता कार्य त झनै महत्व पुर्ण रहेको छ ।

तिनै पर्व मध्ये को एक हो माघे संक्रान्ति, । माघे संक्रान्ती विभिन्न नामले पुकार्ने गरेको पाइन्छ ।, उदारण :- मकर संक्रान्ति, माघी, माघे संक्रान्ति आदि आदि हुन ।

जुन माघ महिनाको पहिलो दिन अथवा १ गते लाई लिइन्छ । उक्त दिन सरकारी रुपमा नै सार्वजनिक बिदा दिने चलन छ । माघे संक्रान्तिका दिन स्थानिय नदीनाला , धार्मी आस्था सग जोडिएका नदि नाला लाई विशेष प्राथमिकता दिइन्छ ।जस्तै कनजाइ माइ , त्रीवेणि कोशी कौशिका आदि मा गएर स्नान गर्नुका साथै पूजाआजा गर्ने प्रचलन रहेको छ । माघे संक्रान्तिका दिनबाट सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण हुने भएकाले नै “मकर संक्रान्ति” भनिएको हो भन्ने भनाइ रहेको छ ।

उक्त दिनदेखि सूर्य दक्षिणी गोलार्धबाट उत्तरी गोलार्ध तर्फबाट प्रवेश गर्ने हुँदा दिन लम्बिँदै जाने र रात छोट्टिँदै जाने हुन्छ । माघे सक्रान्तिका दिन स्नान गरी घिउ, चाकु, तिलको लड्डु, सेल रोटि तरुल, वन तरुल आफ्ना इष्ट देवतालाइ भोग लगाइ प्रसाद रुपमा खाने गरिन्छ । बिशेषतह: यस्ता फल फुल, खाद्य खाएमा शरीर पोषिलो हुनुका साथै विभिन्न रोगब्याधी निधान हुनेमा विस्वास छ । हाम्रा शास्त्रमा समेत उल्लेख भविष्य पुराण, विश्नुबचन तथा धर्म सिन्धुमा उल्लेख गरेको पाइन्छ । बिबिधता मा एकता अनेकतामा एकता यी पर्वहरु बाट पाइन्छ । विभिन्न जात जाति र समुदायको वास्थान रहेको नेपालमा यी पर्वहरु ( विशेष गरे र ॐकार परिवार ) सबैले मनाउने गरेको पाइन्छ । तराईका जिल्लाहरूमा मैथिलीले तिला सङ्क्रान्ति पर्वका रूपमा मनाउँछन् ।

तराईमा यस दिन खिचडी, तिल र चिउराका लड्डुलगायतका परिकार बनाएर खाने चलन छ । माघीलाई थारूहरूको मौलिक संस्कृतिले भरिएको सबैभन्दा ठूलो पर्वको रूपमा लिएको पाइन्छ । मगर जातिहरुले यस पर्वलाई ३ दिनसम्म बिशेष धुमधामका साथ् मनाउने गरेको पाइन्छ । पहिलो दिन स्नान गरेर पुर्खा तथा कुलायनको पूजा गर्ने र दिदीबहिनीलाई “निशो” ले पुज्ने प्रचलन छ । दोस्रो दिन माघ खान बनभोजको रुपमा टाढा जाने गर्दछन् भने अन्तिम दिन गाउँभरिका पुरुषहरु मिलेर तारो हान्ने चलन छ ।
हिजोआज भने माघे सक्रान्ति देश विदेश ( नेपाली मुलका ) जता ततै मनाउने चलन बढ्दै गएकोछ । तिलका लड्डु, चाकु, तारुल र सेलरोटी जस्ता विभिन्न परिकारको साथमा माघे सक्रान्तिको रमझम गर्ने गरेको पाइन्छ । जाडोयाममा पर्ने यो चाडमा शरीरलाई न्यानो राख्न सहयोग पुर्याउने खाध्य सामाग्रीहरुको प्रयोग गरिनु स्वास्थ्यको हिसाबले पनि लाभदायक देखिन्छ ।

शिशिर ऋतुमा पर्ने यो संक्रान्तिमा शरीर शुद्ध गरी घिउ चाकु र तिल तथा खिचडी खानाले शरीरमा गर्मीका मात्रा बढेर तागत दिने तथा मास हाली पकाइएको तेल शरीरमा घस्दा चिसोबाट मुक्त भई शरीरका छालासम्बन्धी र अन्य रोग हरुको निधान हुने मा विस्वास गरिन्छ । त्यसैले हाम्रा मौलिक परम्परा को रक्षा गरौ जन जनमा शिक्षा पुर्‍याऔं। राष्ट्र राष्ट्रीयता स्वधर्म को रक्षा , संस्कार र संस्कृतिको निरन्तर्ता दिऔं । माघे संक्रान्ती को महत्व धेरै नै छ सबैमा मौलिक पर्व माघे संक्रान्तिको हार्दिक शुभकामना ।

इन्द्र प्रसाद ओली
अध्यक्ष
राष्ट्रीय हिन्दु एकता मन्च नेपाल ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार