काठमाडौं जिल्ला अदालतले पूर्वगृहमन्त्री र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई ६० लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको छ।

यो आदेश स्वर्णलक्ष्मी सहकारी ठगीसम्बन्धी मुद्दामा थुनछेक बहसपश्चात् न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले दिएको हो। अदालतका कर्मचारीका अनुसार लामिछानेलाई धरौटीमा रिहा गर्न उक्त आदेश दिइएको हो।

यसअघि, कास्की जिल्ला अदालतले २५ पुसमा लामिछानेलाई ६५ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार