देशका केही भागमा बिहीबार वर्षा र हिमपात हुने सम्भावना रहेको छ।
पश्चिम नेपालबाट प्रवेश गरेको पश्चिमी न्यूनचापीय प्रणालीका कारण यस्तो मौसम परिवर्तन हुने देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका क्षेत्रमा वर्षा र हिमपात हुने सम्भावना छ।
काठमाडौं उपत्यकामा भने मौसम बदली भए पनि वर्षा हुने सम्भावना छैन। यो प्रणालीको प्रभाव बिहीबार रातिसम्म रहनेछ, र शुक्रबार बिहानदेखि मौसम सफा हुने अनुमान गरिएको छ।
यो मौसमी प्रणालीको प्रभाव मुख्यत: पश्चिमतर्फ सीमित रहनेछ र पूर्वी नेपालमा यसको असर पर्ने सम्भावना न्यून रहेको छ।
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
+1
1
+1
+1
+1
+1