झापा, माघ २ – झापाको मेचिनगर नगरपालिका वडा नं. १० स्थित धुलाबारीमा भन्सार छलि गरी ल्याइएका अवैध सामान नियन्त्रणमा लिइएको छ। इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरी टोलीले चेकजाँचका क्रममा भारतबाट लुकाई छिपाई नेपाल ल्याइँदै गरेका विभिन्न सामान फेला पारेको हो।
नियन्त्रणमा लिइएका सामानहरूमा चिज क्रिम २ काटुन, किन्डोजोई १६ प्याकेट, एभरेष्ट मसला ६० प्याकेट, अमूल फ्रेष्टक्रिम १८ प्याकेट, पल्स चकलेट ८ प्याकेट, काजु १५ केजी, किसमिस १० केजी, र एभरेष्ट चटपटे मसाला ६० प्याकेट रहेका छन्। ती सामानहरूको अनुमानित बजार मूल्य रु. १,१२,६९२ रहेको प्रहरीले जनाएको छ।
प्रहरीले नियन्त्रणमा लिइएका सामानहरू आवश्यक कारबाहीका लागि मेची भन्सार कार्यालय, काकडभिट्टा बुझाउने तयारी गरेको छ। अवैध व्यापार तथा भन्सार छल्ने कार्यविरुद्ध प्रहरीको निगरानी अझ कडा बनाइने बताइएको छ।