हल्दिबारी, १५ माघ । हल्दिबारी गाउँपालिका वडा नं. ५ मा पाठेघरको मुखको क्यान्सर रोग विरूद्व एच.पी.भी. खोप अभियान सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
वडा भित्र रहेका मोति आवि , धनुषा आवि न्यु स्टार अङ्ग्रेजी स्कुलमा अध्यनरत कक्षा ६ देखि कक्षा १० सम्म अध्ययन गर्ने छात्राहरूलाई यहि माघ २२ गतेवाट २७ गते सम्म खोप अभियान संचालन गर्न लागेको वडा स्वस्थ्य चौकीका प्रमुख मित्र तिम्सिनाले कार्यक्रममा जानकारी दिएका छ्न ।
नेपाल सरकार स्वास्थ्य मन्त्रालयका अनुसार नेपाल अधिराज्य भरी यहि माघ २२ देखि फाल्गुन ७ गतेसम्म पाठेघरको क्यान्सरको जोखिम न्युनीकरण गर्न किशोरीहरूलाई खोप लगाउन लागिएको हो ।
वडा स्वास्थ्य कार्यालयका अनुसार माघ २२ गते मोती आविमा , २३ गते धनुषा आवि ,२४ गते न्यु स्टार अङ्ग्रेजी स्कुल र २५ गते हल्दिबारी आधारभूत अस्पतालमामा खोप लगाउने कार्यक्रम रहेको छ । स्वास्थ्य चौकी प्रमुख तिम्सिनाका अनुसार स्कुल नगएका १० देखि १४ बर्ष उमेर समुहका बालिकालाई समेत खोप लगाईने छ ।
वडा कार्यालयमा भएको अभिमुखीकरण कार्यक्रममा वडा अध्यक्ष खड्ग लावती , वडा सदस्यहरु , विद्यालयका प्रधानाध्यापक , शिक्षक , स्वास्थ्य कर्मी , स्वास्थ्य स्वयंसेविका एवं सरोकारवालाहरुको सहभागीता रहेको थियोे ।