झापा, १५ माघ । झापाको हल्दिबारी गाउँपालिका–१ मा रहेको जनजागृती माविमा कार्यरत नर्स लागू औषधि सहित पक्राउ परेका हुन ।

केही दिन अगाडि लागुऔषध ब्राउनसुगरसहित उनी र सोनु कर्मकारलाई प्रहरीले पक्राउ गरेको थियोे ।

प्रदेश सरकारबाट ५/६ महिना अगाडि भट्टराई विद्यालय नर्सको रूपमा जनजागृती माविमा कार्यरत रहेका थिए ।

प्रहरीका अनुसार माघ १३ गते बेलुका जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा प्रदेश १–०१–०१७ प २६१९ नम्बरको मोटरसाइकलमा सवार हल्दिवारी–१ का २० बर्षीय सोनु कर्मकार र दमक नगरपालिका–८ का २३ वर्षीय सक्षम भट्टराईलाई ५ सय १० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको थियोे ।

लागूऔषध ब्राउनसुगरसहित पक्राउ परेका उनिहरुले अरुको समेत सम्लग्न रहेको बताएपछि प्रहरीले केहि लाई पक्राउ गरेको र अनुसन्धान जारी रहेको प्रहरी श्रोतले जनाएको छ।

हल्दिबारी गाउँपालिका पछिल्लो समय लागू औषधि सेवन गर्नेको मुख्य केन्द्रको रूपमा देखिदै गएको छ । यहाँ खोलिएका केही औसधि पसलबाट समेत लागू औषधि बिक्र वितरण हुने गरेको स्थानीय बताउछन् ।

हल्दिबारीमा मात्र ३ सय भन्दा बढी युवायुवती लागू औषधिको लतमा लागेको अनुसन्धानले देखाएको छ ।

विद्यालय जस्तो क्षेत्रमा काम गर्नेले लागू औषधि कारिवारी हुनुले यहाँका विद्यार्थी र युवा युवतीको भविस्य कतातिर जादै प्रश्न चिन्ह खडा भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
1
+1
5
+1
2
+1
1
+1
16
+1
1

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार