हल्दिबारी १६ माघ । देशको पश्चिमी भू-भागमा हाल पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव देखिएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गण्डकी, कर्णाली, र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ भने बाँकी भू-भागमा मौसम मुख्यतया सफा छ।

तराईका धेरै स्थानहरूमा बिहानैदेखि हुस्सु र कुहिरो लागेपछि जनजीवन प्रभावित भएको छ। कोशी र मधेश प्रदेशका तराई क्षेत्रमा लागेको हुस्सु अपराह्नपछि सुधार आउनेछ भने सुदूरपश्चिमका तराई क्षेत्रमा मध्यान्हसम्म र अन्य क्षेत्रमा मध्यान्नपछि क्रमिक सुधार हुने अनुमान गरिएको छ।

मौसम पूर्वानुमान महाशाखाले हुस्सु र कुहिरोका कारण सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। स्वास्थ्यमा समेत असर पार्न सक्ने भएकाले सर्वसाधारणलाई सावधानी अपनाउन अनुरोध गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार