झापा । प्रयागराज महाकुम्भ मेलाको क्रममा भएको भागदौडमा १४ जनाको मृत्यु र ५० भन्दा बढी घाइते भएको छ।
दैनिक भास्करकाअनुसार प्रशासनले औपचारिक रूपमा मृत्यु र घाइतेहरूको संख्या सार्वजनिक नगरे पनि समाचार स्रोतहरूले स्वरूप रानी अस्पतालमा १४ शव पोस्टमार्टमका लागि पुऱ्याइएको उल्लेख गरेका छन्।
अत्यधिक भीडकै कारण अमृत स्नान रद्द गरिएको छ भने सुरक्षाका लागि संगम नाकामा एनएसजी कमाण्डोहरू परिचालन गरिएको छ। साथै, प्रयागराज शहरका सीमा क्षेत्रमा भक्तजनहरूको प्रवेशमा समेत प्रतिबन्ध लगाइएको छ।
प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाको बारेमा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग जानकारी लिएका छन्। दुर्घटनाको कारण होहल्ला र भीड नियन्त्रणमा कमजोरी देखिन्छ, जसले थप प्रश्नहरू उठाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
1
+1
+1
1
+1
+1
2
+1
2