हल्दिबारी । सनातन धर्म सेवा समिति किरातेश्वर शिव मन्दिरमा यहि माघ २ गते देखी १० गते सम्म लागेको १८ ‌औं नारदिय महापुराणमा ३ लाख ३५ हजार १६ रुपैया आम्दानी भएको पुराण आयोजक समितिका अध्यक्ष मञ्जु सिटौलाले जानकारी दिनु भएको छ ।

२७ औं बार्षिक उत्सवको अवसरमा लागाइएको पुराणमा विभिन्न दाताहरुबाट प्राप्त नगद ५ लाख २० हजार ४ सय ८ रुपैया, धान बिक्रिबाट २ लाख ३० हजार ६ सय ८० रुपैया चामल बिक्रिबाट ९ हजार र स्टोरबाट प्राप्त नाफा ५ हजार ७ सय ४५ रुपैया गरि ७ लाख ६५ हजार ८ सय ३३ रुपैया आम्दानी भएको र ४ लाख ३० हजार ८ सय १७ रुपैया खर्च भएको समितिले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।

आय/व्यायको पुरा विवरण हेर्नुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
1
+1
5
+1
0
+1
1
+1
0
+1
1

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार