उत्तर प्रदेशको प्रयागराजमा जारी महाकुम्भ मेलामा बुधबार राति करिब १:३० बजे भागदौड मच्चिँदा मृत्यु हुनेको संख्या ३० पुगेको छ भने ६० जना घाइते भएका छन्।

महाकुम्भ नगर मेला क्षेत्रका डीआईजी वैभव कृष्णले साँझ सञ्चारकर्मीलाई जानकारी दिँदै भने, “महाकुम्भमा भागदौडको कारण ३० जनाको मृत्यु भएको छ, जसमध्ये २५ जनाको पहिचान भइसकेको छ। ६० जना घाइतेको अस्पतालमा उपचार भइरहेको छ।”

डीआईजी वैभवका अनुसार, अखडा क्षेत्रमा जडान गरिएका ब्यारिकेडहरू भत्किनु र ब्रह्म मुहूर्तको पर्खाइमा घाटमा सुतेका भक्तजनहरू अन्य आउने श्रद्धालुहरूले देख्न नसक्नु दुर्घटनाका मुख्य कारण बनेका छन्।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एक्समा दुःख व्यक्त गर्दै लेखेका छन्, “प्रयागराज महाकुम्भमा भएको दुर्घटना अत्यन्तै दुखद छ। मृतकका परिवारप्रति मेरो गहिरो समवेदना छ। घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु। स्थानीय प्रशासन पीडितहरूलाई सक्दो सहयोग गरिरहेको छ। मैले मुख्यमन्त्री योगीजीसँग कुरा गरेको छु र राज्य सरकारसँग निरन्तर सम्पर्कमा छु।”

मौनी अमावस्या तथा अमृतस्नानका अवसरमा प्रशासनले ८ देखि १० करोड भक्तजन प्रयागराज पुग्ने अनुमान गरेको थियो, जसले भीड व्यवस्थापनलाई थप चुनौतीपूर्ण बनाएको देखिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
1
+1
2
+1
0
+1
0
+1
3
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार