हल्दिबारी । हल्दिबारी गाउँपालिका वडा नम्बर ५ ले ३ सय ५ जनाको स्वास्थ्य विमा गरिदिएको छ।
वडाको सिलिङ बजेट मार्फत अति विपन्न ,दलित , अशक्त ,अपांग ६१ परिवारका ३०५ जनाको विमा गरिदिएको वडा अध्यक्ष खडग बहादुर लावतीले जानकारी दिनुभयो
वडा कार्यालयमा आयोजना गरिएको कार्यक्रममा स्वास्थ्य विमा कार्ड उनीहरुलाई वितरण गरिएको थियो । वडा अध्यक्ष खडग बहादुर लावती , वडा सदस्य बिजय फागो ,सिवमाया मगर , जीवन कन्दङ्वा , वडा सचीव भजन सङौला लगायतले उनिहरुलाई विमा कार्ड वितरण गर्नु भएको थियोे ।
वडाको २ लाख १३ हजार ५ सय रुपैयाँको शिलिङ्ग बजेट मार्फत ६१ परिवारका ३ सय ५ जनाको स्वास्थ्य विमा गरिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
+1
1
+1
+1
+1
+1