हल्दिबारी, २४ माघ । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा विभागले सञ्चालन गरेको एच.पि.भी (ह्युमन प्यापिलोमाभाइरस) खोप अभियान अन्तर्गत हल्दिबारीका १४ विद्यालयमा खोप लगाउने कार्य तेस्रो दिनसम्ममा ११३० छात्राहरू सम्म पुगेको स्वास्थ्य शाखाले जनाएको छ।

पाठेघरको मुखको क्यान्सर विरुद्धको एच.पि.भी खोप अभियान २०८१ माघ २२ गतेदेखि फागुन ६ गतेसम्म सञ्चालन हुने छ। कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्राहरू तथा विद्यालय नजाने १० देखि १४ वर्ष उमेरका किशोरीहरूलाई प्राथमिकताका साथ विद्यालय केन्द्रित खोप केन्द्रहरूबाट सेवा दिइएको छ।

अभियान अन्तर्गत माघ २२ देखि फागुन ६ गतेसम्म निर्धारित तालिका अनुसार खोप कार्यक्रम निरन्तर सञ्चालन हुने जानकारी प्राप्त भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार