शान्ता उप्रेती / हल्दिबारी । हल्दिबारी गाउँपालिकामा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गत स्वास्थ्य सेवा विभागले सञ्चालन गरेको एच.पि.भी. खोप सम्स्कारा शिक्षा सदनमा समेत लगाइएको छ ।
माघ २२ गतेदेखि सुरु भएको पाठेघरको मुखको क्यान्सर विरुद्धको एच. पि. भी .खोप अभियानमा कक्षा ६ देखि कक्षा १० सम्म दिइने खोप अर्थात १० वर्षदेखि १४ वर्षसम्म लगाइने खोप जम्मा ३० जना छात्राहरूलाई लगाइएको थियो ।
विद्यालय जाने र विद्यालय नजाने किशोरीहरूमध्ये विद्यालयमा उपस्थित उक्त उमेर समूहका छात्राहरूलाई एच.पी.भी.खोप लगाइएको हो।
हल्दीबारी गाउँपालिका वडा नं -१ का स्वास्थ्यकर्मी बालकुमार प्रधान , भिमा सिटौला , सामुदायिक महिला स्वयंसेविका सीमा मैनालीले छात्राहरुलाई खोप लगाएका थिए ।
वडा नम्बर १ का वडा अध्यक्ष देवीबहादुर थापा, वडा सचिव तुलसा देवी खत्री लगायतले खोप कार्यक्रमको अनुगमन गरेका थिए ।