चन्द्रगढी /  ज्ञानोदय शिक्षक बचत तथा ऋण सहकारी सँस्थाको आयोजनामा ” सहकारीमा नेतृत्व विकास ” शीर्षकमा प्रशिक्षण कार्यक्रम सम्पन्न भयो ।
  विभूति विद्या मन्दिर विद्यालयको सभाहलमा सम्पन्न प्रशिक्षण कार्यक्रमको प्रमुख अतिथि नरेन्द्र जनता माविका प्रधानाध्यापक बद्री कार्की रहनु भएको थियोे ।
संस्थाका अध्यक्ष गोपिकृस्ण न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथी कार्की ,कार्यक्रमका विशेष अतिथि एवं विभूतिका सँस्थापक प्रिन्सिपल गोविन्द लम्साल ,भद्रपुर माविका  चैतन्य खरेल , धुलाबारी माविका शिला खवास र संस्थाकि उपाध्यक्ष एवं प्रशिक्षण कार्यक्रमकि संयोजक लता खरेल लगायतले मन्तव्य राख्नु भएको थियोे ।
उक्त  कार्यक्रममा सहभागी ६५ जनालाई प्रमुख अतिथि एवं प्रशिक्षक बद्री कार्कीले प्रशिक्षण प्रदान गर्नु भएको कार्यक्रमको सहजीकरण संस्थाका सचीव डिल्लीराम अधिकारीको रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार