हल्दीबारी, २७ माघ । हल्दीबारी गाउँपालिका वडा नं. २ स्थित खर्साङचोकमा मोटरसाइकलको ठक्करबाट एक महिला घाइते भएकी छन्।

राजगढबाट हल्दीबारीतर्फ आउँदै गरेको प्र.१–०१–०१५प ६३०३ नम्बरको यमहाको एफजेड मोटरसाइकलले पैदल यात्री विन्दा बुढाथोकीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ। दुर्घटनामा बुढाथोकीको टाउकोमा गम्भीर चोट लागेको छ र हाल उनको ओम साई पाथभिरा अस्पतालमा उपचार भइरहेको छ।

घटनापछि मोटरसाइकल चालक आसिस टुडु र मोटरसाइकललाइ नियन्त्रणमा लिई दुर्घटनाबारे आवश्यक अनुसन्धान भइरहेको हल्दीबारी प्रहरीले जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
5
+1
0
+1
0
+1
3
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार