झापा । झापाको बिर्तामोड-५ धिमाल चोकस्थित काठ मिलमा एक व्यक्ति मृत फेला परेका छन्।

बुधवार साँझ ७ बजे सो स्थानमा विगत दुई वर्षदेखि बस्दै आएका अन्दाजी ७२ वर्षीय कुमार तामाङ मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ।

प्रहरीका अनुसार तामाङ एक्लै बस्दै आएका थिए र आफ्नै सुत्ने ओछ्यानमा घोप्टो परी मृत फेला परेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। हाल घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
1
+1
0
+1
0
+1
0
+1
6
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार