झापा । झापा कारागारमा बन्दी रहेका भद्रपुर नगरपालिका वडा नं. १ का ४० वर्षीय मदन सेलवालको मृत्यु भएको छ।

मंगलवार बिहान ११ बजे कारागारभित्र अचानक लडेपछि उनी बेहोस भएका थिए। तत्कालै उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएको थियो। तर, अस्पताल पुर्याउनासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

मृत्युको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार