हल्दिबारी, १ फाल्गुन । हल्दिबारी गाउँपालिका वडा नम्बर ५ ले किसानलाई वडाको सिलिङ बजेट ९ लाखबाट कृषि सामाग्री वितरण गरेको छ ।

वडामा प्राप्त बजेट मध्ये सबैभन्दा बढी कृषिमा छुट्याइएको वडा नम्बर ५ ले सिचाइ मोटर, स्प्रे ट्याकी, हुइल व्यारो, चाप कटर, मकै छोढाउने मिसिन, कृषि हलो, तोरीको बीउ वितरण गरेको हो ।

वडा अध्यक्ष खडग बहादुर लावतीका अनुसार किसान र वडाको ५०/५० साझेदारी कार्यक्रम अन्तरगत कृषि औजार र सामग्री टेण्डर प्रक्रियाबाट खरिद गरि वितरण शुरु गरिएको हो ।

वडा कार्यालयमा आयोजना गरिएको कार्यक्रममा किसानहरुलाई वडा अध्यक्ष लावती, वडा सदस्यहरु जीवन कन्दन्वा, बिजय फागो, शिवमाया मगर र वडा सचीव भजन सङौलाले सिचाइ मोटर वितरण गर्नु भएको थियो ।

सिचाइ मोटर किलस्कर कम्पनीको १.५ हर्ष पावर को र २ हर्ष पावरको वितरण गरिएको हो। किसानले साझेदारी अनुसार १.५ को मोटरलाई ५ हजार ८ सय रुपैयाँ र २ हर्ष पावरको मोटरलाई ११ हजार १ सय ५० रुपैयाँ र त्यसै मुल्य अनुसारको वडाले बिनियोजन बजेट मार्फत तिरी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार