प्यारी साथी – – – – – -?
धेरै धेरै माया अनि अटुट सम्झना
तिम्रो प्रेमपत्र प्राप्त भएको पनि दुई महिना हुन लागेछ । प्रेम दिवसको अवसर पारेर तिम्रो प्रेमपत्रको प्रतिउत्तर दिँदैछु । प्रतिउत्तर दिन ढिला भएकोमा मलाई माफ गर है ।
सबै मानिसका स्वभाव,इच्छा र चाहानाहरू फरक-फरक हुन्छन् । म एउटा पुरूष हुँ, म भित्र पनि पुरूष हुँ भन्ने दभ्म भएतापनि एउटा जिम्मेवार पुरूष भएको कारण कुनै परस्त्रीलाई सताउन त चाहन्नथे । तर जब तिमीलाई सामाजिक सञ्जाल टिकटकमा देखें । न चिनेको, न देखेको, न भेटेको मान्छे, खै किन- किन मन पर्यो अनि यो कुरा तिमीलाई भन्न चाहें ।
“कुनै पुरूषले स्त्रीलाई मन पराउनु कुनै पाप होइन तर मन पर्यो भन्दैमा आफ्ना पारिवारिक जिम्मेवारी, सामाजिक सँस्कार र मर्यादालाई भूलेर अघि बढ्नु राम्रो कुरा होइन भन्ने कुरा जान्दा जान्दै पनि म तिमीलाई माया गर्थे, तिमी मलाई वास्तै गर्दैनथ्यौ, तर तिमीलाई प्रत्येक दिन लेखेर पठाएका लेखलाई मौन समर्थन गरि रह्यौँ । तिम्रो मौन समर्थनले मलाई झनै हौसला बढायो र मैले लेखि रहे तिमीले मौन समर्थन गरेर स्विकार गरिरह्यौ  मलाई मेरो पारिवारिक जिम्मेवारी र उत्तरदायित्व बोध भए पनि मेरो एकहोरो ढिपी पछि तिमीबाट पनि मायाको आभास पाउन थालें । तिमी यति गहिराइमा डुबेर माया गर्छौ भन्ने बुझेपछि म झस्किंए र तिमीसँग टाढाहुने निर्णय गरें । केहि समय त मलाई धेरै गाह्रो भयो, सम्झें तिमीलाई पनि गाह्रो भयो होला । तर मसँग कुनै बिकल्प थिएन । बोलौ भने माया लाग्छ नबोलौ त पिडा हुन्छ। “
माया प्रेम भन्नेकुरा जस्तो अर्थ लायो त्यस्तै लाग्दो रहेछ। र भनिन्छ जति माया बाँड्यो त्यति बढ्छ भन्छन त्यसैले म पनि साथीभाई, दिदिबहिनी, दाजुभाइ आफन्त, इष्ट मित्र नातागोता सबैसँग मिल्नु, आपसी सहयोग गर्नु, भाईचारा तथा अपनत्वको भाव राख्नु पनि माया प्रेम नै रहेछ भनेर बाँड्ने कोशिष गरिरहन्थे। तिमी जतिको एउटा परिपक्व मान्छेले म जस्तो अल्लारे मनस्थितिबाट गुज्रेको मानिसलाई बेवास्ता गरेर, मेरो प्रस्ताव लात मार्न पनि त सक्थेउ होला ? तर सधैं मायाले सम्झाएर मलाई पारिवारिक उत्तरदायित्व बहन गर्ने प्रेरणा दिन्छौ लागेको थियो। यसरी नदिए पनि सधै मेरो उन्नती र प्रगतिको कामना गरिरहन्छेउ भन्ने लागेको नै थियो। सायद तिम्रो ठाँउमा अरू कुनै युवती हुन्थी भने हामी एक-अर्काप्रति आकर्षित भएर दुबैको परिवारीक सम्बन्धमा दरार पनि आउनसक्थ्यो होला । तर तिम्रो मायालु ब्यबहार र प्रेरणाले आज मेरी जन्मदिने आमा, अग्नि साक्षी राखेर सँगै मर्ने सँगै जिउने कसम खाएकी प्यारी श्रीमती, मेरा मुटुका टुक्रा सन्तान र मेरो परिवार सबैभन्दा प्रिय लाग्छन् । यसको बाबजुद पनि तिम्रो कोमल ह्रिदय बाट निस्किएको अमृतमय वचनलाई तिम्रै कोमल हात द्वारा लिपिबद्ध गरेर पठाएको सन्देश पढ्न लालायित थिए तर त्यो पुरा हुन्छ वा हुँदैन समयले नै बताउला। यसैले म तिमीलाई एउटा असल साथीको रूपमा सधैं माया गर्छु, अनि सधैं सम्झिरहने छु । प्यारी साथी तिमीसँग भेट्न मन त मलाई पनि छ तर समय र परिस्थितिले के हुन्छ भन्न सकिँदैन । यो जन्ममा भेट हुन सकेन भने पनि पुनर्जन्म लिएपछि तिमीलाई अर्धाङ्गिनी बनाएर राख्ने सपना बुनेको भएपनि हामीलाई हाम्रो पुनर्जन्म पछि जन्म लिएको कर्मले साथ दिन्छ वा दिदैन, सायद हाम्रो भेट होला वा नहोला तथापि सदैव तिम्रो सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको कामना मेरो अन्तिम सास रहे सम्म गरिरहने छु।
     प्रेम दिवसको दिन तिमीलाई पठाउन लेखेको मेरो अन्तरमनबाट निस्केको भावना त्यही दिन पठाउन सक्छु वा सक्दिन ? तर अवश्य पठाउदैछु स्विकार गर्नु है माया
उही तिमीलाई माया गर्ने अंङ्गालो भरिको प्यारो साथी – – – – – ——-?
नारायणबहादुर बस्नेत
मेचिनगर ८ झापा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
1
+1
2
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार