हल्दिबारीका प्रमुख प्रशासकिय अधिकृत महेन्द्रका मातापिता स्मृति प्रतिष्ठानको आयोजनामा फुटबल प्रतियोगिता हुने
हल्दिबारी गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत मान बहादुर बन (महेन्द्र)का मातापिता स्व जगत बहादुर वन र नरमाया वन स्मृति प्रतिष्ठानको आयोजनामा प्रथम वडा स्तरीय नकआउट फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
हल्दिबारी माध्यमिक विद्यालयको व्यवस्थापनमा फाल्गुन ९ र १० गते आयोजना हुने प्रतियोगिता हल्दिबारीको खेल मैदान हुने भएको छ ।
हल्दिबारी गाउँपालिकाका ५ वटा टिम सोही प्रतियोगिता मा सहभागी हुने छन।
५ वटै वडाका खेलाडीहरूको सहभागिता रहने खेलका बिजेता ले नगद १५ हजार
उपबिजेताले नगद १० हजार सहित मेडल ट्रफि साथै मेन अफ द म्याच तथा मेन अफ द सिरिज लाई पुरस्कृत गर्ने प्रतिष्ठानका संरक्षक एवंम हल्दिबारी गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत मानबहादुर वन (महेन्द्र) ले जानकारी दिइनु भएको छ ।
दर्शकले कुनै प्रवेश शुल्क नतिरी हेर्ने सक्ने फुटबल प्रतियोगिता फिफा नियममा आधारित रह्ने र ९/९ साइटमा खेल हुने व्यवस्थापकिय पक्षले बताएका छन।