कविता : यस्तै यस्तै छ !
शान्ता उप्रेती
हेर्नुहोस् त !
मानव अस्तित्व नै धर्खराएको छ
शान्ति
त्यसै त्यसै पागल भई बरबराएको छ।
सभ्यता
उ त झन् मातेका खुट्टा जस्तो लरबराएको छ।
मानवताको मुटु चाहिँ
आत्मघाती पीडाले चर्चराएको छ।
जात र धर्महरू आफ्नै अहममा पोक्किएका छन्।
निर्धाहरूमा बलवानको रवाफ झोक्किएका छन्।
दाल र चामलको सट्टा
मालमा ताल ठोक्किएको छ।
भन्नुहोस् त
कुन चाहिँ देशमा शान्ति सुव्यवस्था कायम भएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
10
+1
11
+1
+1
+1
+1