हल्दिबारी गाउँपालिका – ४ लक्ष्मी चोक पुर्व एक घरमा हिजो साझ भएको चोरीमा १३ लाख बराबरको धनमाल चोरी भएको छ ।

स्थानीय सन्थाल सुधार समाज हल्दिबारी ४ का अध्यक्ष एवं व्यवसायी कमल मुर्मुको घरमा हिजो साझ ७ देखि ८ बाजेको समयमा चोरी भएको प्रहरीले जनाएको छ ।

मुर्मु र उनको परिवार बेलुकी आफ्ना बुबा आमालाई भेट्न गएको मौका छोपी घरको पश्चिम् पट्टिको भेन्टिलेसन फुटाएर घरमा रहेको सन्थाल सुधार समाजको जम्मा नगदसहित नगद ६ लाख ५० हजार ,चुनका गरगहना ३ तोला र चादीका गरगहना ५८ तोला गरि करिब १३ लाख बराबरको चोरी भएको मुर्मुले बताए ।

हल्दिबारीमा पछिल्लो समय दिनदिनै चोरीको घटना बढदै गएपछि जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एसपी मिलन केसि समेत घटना स्थलमा आउनु भएको थियोे ।

हल्दिबारी पछिल्लो समय लागू औषधि बेचबिखन र प्रयोग कर्ताको अखडा बढी रहेको अवस्थामा यसरी चोरीका घटना बढ्दै गएको स्थानीय बतसुछ्न ।

यहाँका केही औषधि पसलहरुबाटै लागू औषधि बेचबिखन गरेको गुनासो आइरहेको बेलामा त्यसतर्फ स्थानीय सरकारले समयमै त्यसतर्फ सोच्ने कि ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
2
+1
0
+1
0
+1
9
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार