लघुकथा : फुईयाको फुरफुर
उसले मकैको फुईया किन्यो, प्याकेट बाट हिरो हिरोनिको फोटो झिकेर सम्हालेर गोजीमा राख्यो,अनि सिठ्ठी बाजा बजायो “पी…. पी…..”। मनभित्र उ पनि सिठ्ठी बजाउने कलाकारनै थियो। छेउका बालबालिका हेर्यो अनि भन्यो, कसैले आफ्नो कुराको प्रसंसा गर्दछ भने, कला देख्छ, प्रसंसा गर्न सक्दैनन भने चर्तीकला देख्छ । कला र चर्तिकलामा खासै फरक नभएपनि यो नितान्त व्यक्तिगत दृष्टिकोण हो, कसैको लागि कला र कसैको लागि चर्तीकला। उसले बालबालिका लाई फेरि फुइयाको सिठ्ठी बजाउँदै सोध्यो, मेरो कुरामा कला देख्यौ की चर्तीकला?
बालबालिकाले पनि फुइया खाने माग गरे ।
अर्जुन दाहाल
गाैरादह–३, झापा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
+1
+1
+1
+1
+1