आज २०८१ साल फाल्गुन १४ गते बुधबारको राशीफल ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कार्यक्षेत्रमा सहयोगिहरूले साथ दिनेछन्। व्यापार व्यवसायमा लाभ रहनेछ। थप लगानीको लागि उपयुक्त समय रहेको छ। भगवान शिवलाई उखुको रसले अभिषेक गर्नुहोस्। आजको शुभ रंग हरियो हो भने शुभ अंक ७ रहेको छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) वैदेशिक यात्रा लाभदायक रहनेछ। परिवारमा पुरानो कुरालाई लिएर विचार नमिल्ने सम्भावना रहेको छ। मन अशान्त रहनेछ। भगवान शिवलाई दुबोको रसले अभिषेक गर्नुहोस्। आजको शुभ रंग निलो हो भने शुभ अंक ५ रहेको छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) कार्यक्षेत्रमा नयाँ कार्य हात लाग्नेछ। नोकरी वा पेशामा योजनानुरूप कार्य गर्नुहोस् सफलता मिल्नेछ। श्रमको उचित मूल्यांकन लिन संघर्ष गर्नुपर्ला। भगवान शिवलाई दूधले अभिषेक गर्नुहोस्। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ५ रहेको छ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) भावनामा आएर व्यापार व्यवसायमा कुनै निर्णय नलिनुहोला। कानुनी मामिलाहरूमा पक्ष मजबुत रहनेछ। पुरानो कुरालाई लिएर परिवारमा मनमुटाव हुन सक्ला। भगवान शिवलाई महले अभिषेक गर्नुहोस्। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ७ रहेको छ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) कार्यक्षेत्रमा बोलीले कार्य सिद्ध गर्न सकिनेछ। आफन्तहरूको साथमा सानोतिनो कुरालाई लिएर मनमुटाव रहन सक्छ। नोकरी वा पेशामा अतिरिक्त जिम्मेवारी वहन गर्नुपर्ला। भगवान शिवलाई कुशको जलले अभिषेक गर्नुहोस्। आजको शुभ रंग सेतो हो भने शुभ अंक ५ रहेको छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) धर्म र अध्यात्ममा रुचि बढ्नेछ। कृषि र पशुपालनबाट लाभ आर्जन गर्न सकिनेछ। स्वास्थ्यलाई लिएर खानपानमा विशेष ध्यान दिनुहोला। सवारी साधन चलाउनु हुन्छ भने कागजात जाँच्नुहोस्। भगवान शिवलाई फलको रसले अभिषेक गर्नुहोला। आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) धर्मकर्ममा रुचि बढ्नेछ। घरमा मांगलिक कार्यको शुभारम्भले मन प्रसन्न रहनेछ। व्यवसायलाई लिएर गरिएको यात्रा लाभदायक रहनेछ। भगवान शिवलाई गंगाजलले अभिषेक गर्नुहोस्। आजको शुभ रंग पहेलो हो भने शुभ अंक २ रहेको छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) कार्यक्षेत्रमा मानसम्मान बढ्नेछ। सांस्कृतिक समारोहमा सहभागी भइएला। प्रतिष्ठित कार्य गरेर आफूलाई समाजमा चिनाउन सकिनेछ। भगवान शिवलाई पञ्चामृतले अभिषेक गर्नुहोस्। आजको शुभ रंग रातो हो भने शुभ अंक ४ रहेको छ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) विद्यार्थीहरूको पठनपाठनमा मन लाग्नेछ। कार्यक्षेत्रमा उच्च पदस्थ अधिकारीहरूबाट प्रशंसा पाइएला। हात लिएको काममा आलस्य नदेखाउनुहोस्। भगवान शिवलाई इत्र र कपूरको जलले अभिषेक गर्नुहोला। आजको शुभ रंग हरियो हो भने शुभ अंक ४ रहेको छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) कार्यक्षेत्रमा आफ्नो जिम्मेवारी सकेसम्म स्वयं वहन गर्नु होला। व्यापार व्यवसायमा अरुलाई सल्लाह दिनुभन्दा अरुको कुरा सुन्न आज उपयुक्त रहनेछ। भगवान शिवलाई दूधले अभिषेक गर्नुहोस्। आजको शुभ रंग रातो हो भने शुभ अंक ८ रहेको छ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) मानसम्मानमा वृद्धि हुनेछ। अप्ठ्यारो कार्य सिद्ध हुनाले मनमा उत्साह जाग्नेछ। विद्यार्थीहरूलाई पठनपाठनमा मन लाग्नेछ। भगवान शिवलाई गंगाजलले अभिषेक गर्नुहोस्। आजको शुभ रंग खैरो हो भने शुभ अंक ३ रहेको छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) व्यापार व्यवसायबाट मनग्य लाभ आर्जन गर्न सकिनेछ। घरपरिवारबाट साथ र सहयोग मिल्नेछ। सञ्चित धनमा वृद्धि हुनेछ। साहसिक कार्य गर्ने समय रहेको छ। भगवान शिवलाई पञ्चामृतले अभिषेक गर्नुहोस्। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ७ रहेको छ।
साभार: हाम्रोपात्रो