के. पी. “बा” लाई खुला पत्र

के. पी. “बा”
नमस्कार

जन्मदिनको एक भूगोल सुभकामना।तपाईको आरोग्यता अनि सु-स्वस्थताको कामना गर्दछु।
यो समय हजुरलाई मन परेको व्यक्ति अनि मन पर्ने काम गरेर बिताउनु होला।मन परेको किताब पढ्नु होला।
आफ्नो ख्याल राख्नु होला सुभ दिन ।(एक मानबको नाताले हजुरलाई सुभकामना )

हाननीय प्रधानमन्त्रि के. पी. ओली ज्यू ,
(यो सम्बोधन बलात्कारी, भर्स्टचारी, कालो बजारीहरुलाई बचाउन गर्नु भयको अतुलनिय योगदानको लागि अनि उनीहरु प्रतिको तपाईको अनवरत प्रेमका लागि)
खोइ के भनेर सम्बोधन गरु गिरि बन्धु सलाम भनु कि कम्बोडिया अभिबादन टक्र्याउ।

जे होस् भर्स्टचारको जय होस्, ताप्लेजुंग केबुलकारको जय होस्, चन्द्र ढकालको जय होस्, भर्स्टचारको “ग्रे” लिस्टको जय होस्, सुर्य थापाको जय होस् ।
सामाजिक संजाल अध्यादेस, बंसज नागरिकलाई अधिकार खोसेर तेश्रो श्रेणीको नागरिक बनाउने अध्यादेसको जय होस्।युवा पुस्तालाई राजनीतिमा आउन नदिन गर्नु भएको राजनीतिक घेराबन्दी को जय होस्।नागरिक को जे होस् होस् बिजोग भय पनि होस् ।बीर सहिद र उनीहरुको योगदान को कदर होस् कि नहोस्।तपाई को जय होस्।

तपाईले बारम्बार दोर्याउने मार्क्सवाद-लेनिनवाद,साम्यबादको परिभाषा के होला ?आर्थिक , साँस्कृतिक ,सामाजिक क्रान्तिको अर्थ के होला ?
माओत्सेतुङ ले बर्णन गर्नु भएको साम्यबादको अर्थ सरकारी जग्गा हरुलाई पार्टीको नेता हरुको व्यक्तिगत नाममा नाम सारी गर्नु हो ?
गणतन्त्रको अर्थ गन्न नसकिने कालोधन (गनतन्त्र) कुम्ल्याउनु हो ? सामाजिक क्रान्तिको अर्थ पटक पटक बलत्कारको आरोप लागेका तपाइको पार्टीको
नेता लाई उच्ह अदालत बाट सफाई दिलाउनु हो ? कम्युनिस्ट सिदान्त बोक्ने माओको प्रखर अनुयायी बताउने हजुर भिम रावललाई पार्टी निष्काशन कुन वाक स्वतन्त्रताको उदाहरण हो ?
कुन स्थरको बैचारिक लडाई हो ? भर्स्टचारको “ग्रे” लिस्टमा १७ बर्ष पछि पर्नु कुन अग्रगामी आर्थिक छलांग हो ? गिरीबन्धु, नक्कली भुटानी शरणार्थी, ललितानिवास, बाँसबारी, टेरामक्स, वाइडबडी र भेप सुन तस्करी काण्ड यथेस्ट प्रमाण होइनन् ? भाटभटेनी संचालक मिनले तपाइको राजनीतिक पार्टी लाई दिने भनेको जग्गा अनि पार्टी भवन माओ त्सेतुङ ले बर्णन गर्नु भएको कुन कम्यूनिस्ट अबधाराणा भित्र पर्दछ ? उच्च अदालत जुन तपाईको भर्ति केन्द्र बनाई सक्नु भएको छ। उच्च अदालतले उक्त कदम रोक्न गरेको निबेदन बदर गरिदियो। देश लाई आबश्यक एउटा सुबिधा सम्पन्न क्रिकेट रङ्गशालाको माग चिन भ्रमणको क्रममा बिर्सिएर पुर्बमा एउटा कभर्ड हलमा टुंगियो ? एन सेलको ६४ अर्ब छुट गरेर चीन बाट १२ अर्बको ऋण बोकेर आउनु कुन आर्थिक क्रान्ति हो ? देश बन्दै छ कि तपाईको झोले हरु बन्दैछन् ? चप्पल पड्काएर राजधानी छिरेका कम्युनिस्ट हरु कसरि राजधानी नै आफ्नो नाममा गरिसके ? एक राजा हटाएर हजार नब राजा जन्माउनु गणतन्त्र को उपलब्धि हो ?

माओत्सेतुङ लाई चीनमा राजकीय रूपमा महान् क्रान्तिकारी, राजनीतिक रणनैतिकार, सैनिक पुरोधा र देशरक्षक मानिन्छन्। थुप्रै चिनियाँ व्यक्तिहरूको मत अनुसार माओले आफ्ना नीति र कार्यक्रमका माध्यमले वर्तमान चीनको आर्थिक तथा साँस्कृतिक विकास तथा पिछडिएको देशलाई संसारको प्रमुख शक्तिको रूपमा खडा गराउन गतिलो भूमिका निर्वाह गरेका थिए। माओ संसारका सबैभन्दा प्रभावशाली व्यक्तिहरूमा गनिन्छन्।

माओले चीनमा भर्स्टचार, सामाजिक भेदभाब ,जातीय असमानताको अन्त्य गर्दै आर्थिक , सामाजिक ,साँस्कृतिक, औधोगिक क्रान्ति गरे अनि बिश्व सामू आफूलाई अनि चीन लाई इस्थापित
गराए जो सबैलाई सर्बबिदितै छ । जो कटु सत्य हो।तपाईको सत्ताबहन पछि नेपालमा भर्स्टचार ,कुशासन ,अपराधी संरक्षण,बाहेक के – के उलेखनिय उपलब्धि भयो ? तपाई आफुलाई एक मात्र
सच्चा नेपाली कम्म्युनिस्ट नेता बताउनु हुन्छ ? कुन बिन्दु लाई आधार मानेर सार्बजनिक अभिव्यक्ति दिनु हुन्छ ?

यो हप्ता तपाईको जन्मदिन।
बितेका कुरा बिते तर अझै २०८४ साल अघि तपाई सत्तामा रहुञ्जेल समय बाकी छ ।तपाईको बर्हिगमन लाई राम्रो गर्दै हुनुहुन्छ भन्ने तपाईका सुर्य थापा ,महेश बस्नेत,बिष्णु पौडेल लाई त्याग्नु होस् ।तपाईले भन्नु भएको जस्तै २ रोटि र दाल खानको लागि अर्बौ अर्ब किन चाहियो ? तपाईको नाममा तपाईको नाम बर्बाद गरेर अरबौ कुम्ल्याउने धेरै छन् तपाईको पार्टीमा।
नि: सन्तान तपाई ३ करोड नेपालीको अभिभावक बन्नुहोस् ताकी मरण पश्ताच पनि माओत्सेतुङ लाई जस्तै सम्झी रहनेछन् ।खोजि रहनेछन् ।राजनेता को रुपमा ।
अचेल आसेपासे हरुको लुटतन्त्र, मनपरी तन्त्रले गर्दा तपाई को पार्टी को नाम नेकपा “एमाले” बाट नेपाल कमाऊ निस्ट पार्टी “ए मलाई ले मेरो भाग बाकी जे गरे गर” मा परिबर्तन भएको छ।देश् काठमान्डू ,पोखरा ,झापा ,चितवन ,बुटवल मात्र होइन।सुदुर पश्चिम पनि देस हो।उनिहरु पनि नेपाली हुन्।गणतन्त्र उनिहरुको पनि हो।
दमकको भिउ टावरको सट्टा सुदुरमा एउटा स्वास्थ चौकी बनाउने सल्लाह तपाईको सल्लाहकार ले दिएनन ।भोकमरी ,हैजा मात्रै किन सुदुर पश्चिम पुग्छ ? समय मै पुग्ने भनेको सुदुरमा चुनाबको पर्चा अनि मतदान पत्र मात्रै हो ? औसधि ,खाधान्य ,पुस्तक ,बिकाश ,बिजुली ,प्रबिधि कहिले सुदुर पुग्ला ? कि यसको जिम्मा तपाईको भागमा पर्दैन् ? माओ विचारले उत्कृस्ट बनेका हुन्।तपाई पनि विचार बदल्नु होस् ।गुट बदल्नुहोस् ।उदेश्य बदल्नुहोस् ।आसेपासे बदल्नुहोस् ।देश र जनताको सेवामा तल्लिन हुनुहोस् । देश आर्थिक ,सामाजिक ,प्रशासनिक ,राजनीतिक सङ्कटमा फसेको छ।युवा लाई विदेश पलायन हुन् बाट रोक्नुहोस् ।युवा लाई साथ लिनुहोस् ।बालेन ,हर्क ,गोपी,सागर ढकाल समयको माग हो।

बिरोधको लागि बिरोध नगर्नु होस्।युबा जनसक्ति लाई बहिस्कार गरेर देश बनाऊछु भन्नु बयल गाडी चढेर अमेरिका जान्छु भन्नु एक्कै हो।होइन भने भ्रममा बस्नु होस् ।फेरि केहि समय पछि बिमर्श गरौला।राजतन्त्र मासेर ल्याएको गणतन्त्र पनि मासिएला भन्ने दिन आउला ।सच्चिनु होस् ।प्रधानमन्त्रि कार्यकालको बाकी दिन जनताको सेवा अनि रास्ट्र निर्माणमा लगाउनु होस् ।अनि हेर्नुहोस् के पी ओली को जय भन्

✍प्रशान्त उप्रेती–पेरिस ,फ्रान्स

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार