झापा , २० मङ्सिर  । झापा गोल्ड कप र नेपाल सुपर लिग ( एनएसएल) टोली झापा एफसीबीच फुटबल विकासका लागि एक कार्यक्रमका बिच  सम्झौता भएको छ ।

मंगलबार झापा गोल्ड कपका अध्यक्ष केदार गिरी र झापा एफसीका अध्यक्ष अर्पण खड्काले सम्झौता पत्रमा हस्ताक्षर गर्नु भएको थियोे ।

सम्झौता अनुसार फुटबलका कार्यक्रम र प्रतियोगिता, पूर्वाधार विकास, ग्रस रुट, उमेर समूह महिला फुटबल विकास, प्रविधिक र प्रसासनिक कार्य, संस्थागत प्रबद्धनलगायका विषयमा दुवै टोलीको सहकार्य रहने झापा एफसीका अध्यक्ष अर्पण खड्काले जानकारी दिनुभएको छ ।

झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेषराज भण्डारी ‘प्रशान्त’ र झापा गोल्डकपका निर्वतमान अध्यक्ष विनोद बस्नेत लगायत संचारकर्मीहरुको रोहवरमा  सम्झौता भएको  थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार