प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई चुनाव लड्न खुला चुनौती दिएका छन्। बिहीबार महोत्तरीमा आयोजित एक कार्यक्रममा बोल्दै ओलीले आफूलाई लोकप्रिय ठान्ने शाहलाई प्रत्यक्ष प्रतिस्पर्धामा आउन आग्रह गरे।

ओलीले भने, “यदि उहाँलाई लाग्छ कि लोकप्रिय हुनुहुन्छ भने, चुनाव लड्नुस्। नेपालमा हिमाल, पहाड, तराई जहाँबाट पनि चुनाव लड्न पाइन्छ। २०८४ को चुनावमा प्रतिस्पर्धा गर्न आउनुस्।”

प्रधानमन्त्री ओलीले नेपालमा जन्मदै कोही राजा हुने र कोही रैती हुने दिन सकिएको स्पष्ट पार्दै भने, “हाम्रो संविधानले राजा चिन्दैन। अब राजा भएर रैती बनाउने सपना देख्नुपर्ने कुनै आवश्यकता छैन।”

ओलीले नेपालको वर्तमान व्यवस्था लोकतान्त्रिक संविधानमार्फत स्थापित भएको भन्दै अब कोही व्यक्ति आफूलाई राजा ठानेर शासन गर्न नपाउने बताए। उनले देशमा लोकतन्त्र सुदृढ गर्दै आर्थिक विकासतर्फ सरकार केन्द्रित रहेको उल्लेख गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार