हल्दिवारी । झापा जिल्ला खेलकुद विकास समितिको आयोजनामा शुक्रबारदेखि सुरु झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा हल्दिबारी गाउँ पालिकाले ३ रजत र २ कास्य पदक जितेको छ ।
भद्रपुरस्थित मेची रंगशालामा सञ्चालन भइरहेको प्रतियोगिताअन्तर्गत दोस्रो दिनको खेलहरू सकिँदा एथ्लेटिक्सतर्फ अर्जुनधारा नगरपालिका अगाडि रहेको छ । एथ्लेटिक्सको अधिकांश नतिजा सार्वजनिक हुँदा अर्जुनधारा ८ वटा पदकसहित अग्रस्थानमा रहेको छ ।
प्रतियोगितामा एथ्लेटिक्स विधाअन्तर्गत दौड, सटपुट, ज्याभलिन, लङजम्प र ट्रिपलजम्पका खेल समावेश छन् । एथ्लेटिक्सतर्फ मेचीनगर नगरपालिका र दमक नगरपालिकाले समान सात पदक प्राप्त गरेका छन् भने कमल गाउँपालिकाले ६ वटा पदक हासिल गरेको छ ।
त्यस्तै हल्दिबारी गाउँपालिकाले एथलेटिक्स र करातेमा गरि ५ पदक जित्न सफल भएको छ ।
एक समय हल्दिबारी मावि झापा कै उत्कृष्ट रहदै मेडलको बर्षा गराउदै आएकोमा यस प्रकारको नतिजाले पालिकाको खेलमा कस्तो सहयोग गरिरहेको प्रष्ट देखिएको छ ।
प्रतियोगितामा झापाका १५ वटै स्थानीय तहको सहभागिता रहेको छ । प्रतियोगिता आइतबारसम्म सञ्चालन हुने र र सबै विधाको अन्तिम नतिजा आइतबार नै सार्वजनिक हुने झापा जिल्ला खेलकुद विकास समितिका प्रवक्ता जगण कार्की ‘दुर्वासा’ले जानकारी दिएका छ्न ।