हल्दिबारी , २ चैत्र । हल्दिवारी गाउँपालिका वडा नम्बर ४ ,मंग्लवारे बजार उत्तर बस्ने एक व्यक्ति अत्यधिक रक्सी सेवन सहित होली मनाएर सुतेका बिहान् मृत फेला परेका छ्न ।
होलि मनाएर बेलुकी ८ बजे घरमा आएर सुतेका अन्दाजी ५६ बर्षिय छुरुङ्ग मार्डी बिहान् मृत फेला परेका हुन ।
श्रीमा – श्रीमतीले सगै रक्सी सेवन गरेर फर्कने क्रममा उनी लडेको र चिउडोमा चोट लागेर अत्यधिक रगत बगेको कारण उनको मृत्युु भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।
बिहान् श्रीमतीले मृत भएको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेको र घटना स्थललाई जलथल प्रहरी चौकीको प्रमुख सहितको टोलिले नियन्त्रणमा लिएर आवश्यक कार्वाहीको लागी जिल्ला प्रहरी कार्यालय झापालाई खवर गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
+1
2
+1
+1
+1
9
+1
1