द्रोण अधिकारी / भद्रपुर । विश्वेश्वरप्रसाद कोइराला स्मृति प्रतिष्ठान भद्रपुर झापाले विविध साहित्यिक साँस्कृतिक कार्यक्रम चन्द्रगढीमा सम्पन्न गरेको छ ।

प्रतिष्ठानका सभापति गोविन्द लम्सालको अध्यक्षता तथा समालोचक प्रा. डा. गोपभल भण्डारीको प्रमुख आतिथ्यमा बृहद साहित्यिक, साँस्कृतिक, गायन र नृत्य कार्यक्रम सम्पन्न गरिएको हो ।

प्रतिष्ठानका सचिव देवेन्द्र गौतम तथा कार्यक्रम संयोजक धनकुमारी खरेल लताले सञ्चालन गरेको कार्यक्रममा झापा, मोरङ, सुनसरी र इलामका १५ जना गजलकारले रसिक गजल सुनाएका थिए भने चर्चित गायक अर्जुन खरेल, निरज पोखरेल तुलसा पाठकले आ-आफना सिर्जना विभिन्न गीत गायन प्रस्तुत गरेका थिए । कार्यक्रममा स्थानीय कलाकारको साँस्कृतिक नृत्यहरू समेत प्रस्तुती रहेको थियो ।

कार्यक्रममा नेपाली काँग्रेस झापाका पुराना नेता तथा पूर्व सांसद डिल्लीप्रसाद सिटौला र भाषासेवी चुडामणि रेग्मीलाई सम्मान समेत गरिएको थियो ।

कार्यक्रममा मन्तव्य राख्दै नेता सिटौलाले वीपीको सिद्धान्त बिर्सेर राजनीतिक नेतृत्व अगाडि बढ्दा देश संकटको घडीमा पुगेको भन्दै चाकडी, चाप्लुसी र भ्रष्ट आचरणका कारण देश बर्वादीतिर गएको धारणा राखे । नेता सिटौला आफूले काँग्रेस राजनीतिमा लाग्दा देखेको सपना पूरा गर्न नसकेको भन्दै भक्कानिएका थिए ।

कार्यक्रममा विश्वेश्वरप्रसाद कोइरालाका साहित्यिक रचनामा नारीवादको प्रयोग शीर्षकमा समूह छलफल समेत गरिएको थियो । सचरकर्मी तथा लेखक कुमार भट्टराईले छलफलमा सहजीकरण गरेको कार्यक्रममा लेखक तथा पत्रकार चन्द्र भण्डारी,समालोचक डा. रत्नमणि नेपाल, सहप्राध्यापक लक्ष्मी पौडेल, कोइरालाका साहित्यिक रचनामा नारीवादको सशक्त प्रयोग भएको धारणा राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार