बिर्तामोड नगरपालिका–५ स्थित पुनरजन्म सुधार गृहमा बस्दै आएका ३७ वर्षीय उमेश राजवंशी अचानक बेहोस भएपछि अस्पताल लगिएको थियो। सुधार गृहका प्रतिनिधिहरूले उनलाई राति नै बी एण्ड सी अस्पताल पुर्याए पनि चिकित्सकले जाँच गरेपछि उनलाई मृत घोषित गरेका छन्।
इलाका प्रहरी कार्यालय अनारमनीका अनुसार अस्पतालका कर्मचारीले राति नै प्रहरीलाई घटनाको जानकारी गराएका थिए। सूचना पाएलगत्तै प्रहरी टोलीले अस्पताल र घटनास्थलमा पुगेर अनुसन्धान अघि बढाएको छ।
हाल मृत्युको कारण खुल्न नसकेको र अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
+1
+1
+1
+1
4
+1