आमिर खानलाइ एक साथ ४०० फिल्मको अफर आँउथ्यो

समीर न्यौपाने । आमिर खानको जन्म मुम्बइमा १४ मार्च १९६५ मा भएको हो । हिन्दी चलचित्रका चर्चित अभिनेता खानको पहिलो चलचित्र “यादो कि बारात” हो । उनी एक कुशल नायक, चलचित्र निर्माता र टेलिभिजन व्यक्तित्व पनि हुन ।

भनिन्छ, आमिर खान दैनिक ३ पटक चलचित्रमा काम गर्थे । कामको बोझ आउँथ्यो, घर आउँथे अनि ओझेलमा पर्थे ।

उनी फिल्म फेयर पुरस्कार, हिन्दी राष्ट्रिय चलचित्र पुरस्कार, एएसिटिए पुरस्कार, पदम श्री र पदम भुषणबाट सम्मानित छन् ।

बलिउड फिल्मी उद्योगमा उनी एक कुशल कलाकार मानिन्छन् । उनलाई अहिलेको स्थितीमा आउन कठिनाइ रहेको बताइन्छ । उनको मेहेनतको तारिफ नै गर्नपर्छ । उनी अभिनित हिन्दी सिने चलचित्र “कयामत से कयामत तक”ले उनको जीवन नै परिवर्तन भएको उनी बताउँछन् । त्यसपछि अचानक आमिर खानलाई ३०० देखि ४०० चलचित्रको अफर आएको बताइन्छ ।

त्यसपछि अलग अलग फिल्मी लगानीकर्ता मिल्न थाले । त्यती खेर उनी बलिउडमा नयाँ थिए । कसरी यति धेरै चलचित्रमा अभिनय गर्ने उनी छक्क परे । जब उनी अभिनय गर्न शुरु गरे उनले गलती गरेको थाहा पाए ।

अमिर खान भन्छन्, “ म दैनिकी ३ पटक काम गर्दा खुसी थिइन । घर फर्केर रुन्थे । धेरै समस्या वेहोर्नु प¥थ्यो । त्यति खेर चलचित्रको स्क्रिप्ट पनि राम्रो हुँदैनथ्यो । निर्देशक र लगानीकर्ताको विचार पनि धेरै महत्व राख्थ्यो ।”

आमिर खान अभिनित फल्प फिल्ममा “लव लव”, “ अव्वल नंबर ” “ तुम मेरे हो ” हु्न् । यस्ता कथानक चलचित्र नचल्दा उनलाई आफ्नो अभिनय क्षेत्र समाप्ति त हुने हैन भन्ने डर लागेको उनी बताउँछन् । उनले आफ्नो अभिनय दर्शकले नरुचाउँदा उनी फिल्मी करियरको दलदलमा फसेको बताए । चर्चित निर्माता इन्द्र कुमारको हिन्दी कथानक चलचित्र “दिल” मार्फत आमिर खान अभिनय क्षेत्रमा फेरी उदाएको मानिन्छ ।

आमिरका चर्चित सिनेमाहरुमा कयामत से कयामत तक, राख, दिल, रंगिला, राजा हिन्दुस्तानी, सर्फरोस, दिलचाहाता हे , फना, रंग दे बसन्ती, तारे जमी पर, गजनी, थ्रि इडीयटस्, धुम ३, पिके, दंगल आदी पर्छन ।
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार