हल्दीवारी गाउँपालिकाका ४६६ नियमित तर्फ  विद्यार्थीले भोलिदेखी संचालन हुन लागेको शैक्षिकसत्र २०८१ को SEE परिक्षामा सहभागी हुन लागेका छ्न ।

हल्दीवारीमा रहेका रहेका ६ वटा सामुदायिक तथा ५ वटा संस्थागत विद्यालयका ४६६ विद्यार्थीले नियमित तर्फ SEE दिन लागेको शिक्षा बिकास तथा समन्वय इकाइ झापाले जनाएको छ ।

सामुदायिक विद्यालयका २८९ विद्यार्थी र संस्थागत विद्यालयका १७७ विद्यार्थीले नियमित तर्फ परिक्षामा सहभागी हुनेछ्न । जसमध्ये नियमित तर्फ छात्र २५२ रहेका छ्न भने छात्रा २११ रहेका छ्न ।

हल्दिवारी मावि परिक्षा केन्द्रमा जनजागृती मावीका ७८ विद्यार्थी, महेन्द्र माविका ३५ विद्यार्थी , चिल्ड्रेन गार्डेन अङ्ग्रेजी विद्यालय हल्दिबारी ३ का  ४९ विद्यार्थी, सिग्मा अङ्ग्रेजी स्कुलका ३५ विद्यार्थी , पन्चायत माविका ८ विद्यार्थी र लक्ष्मी माविका २६ विद्यार्थीले नियमित तर्फ परिक्षा दिन लागेका हुन । त्यसैगरी सरस्वती माविका १७ विद्यार्थीले जनजागृती मावि परिक्षा केन्द्रमा नियमित तर्फ परिक्षा दिने छ्न ।

त्यस्तै चिल्ड्रेन गार्डेन एकडेमी- १ का ४४, गोलधाप सनसाइनका २३ र क्यानरी एकाडेमिका २६ विद्यार्थीले महेन्द्र ज्योति मावि, बिर्तामोड परिक्षा केन्द्रमा नियमित तर्फ परिक्षा दिनेछ्न ।  हल्दिवारी माविका साधारण ९५  विद्यार्थीले दुर्गा मावि, गरामनी परिक्षा केन्द्रमा नियमित तर्फ परिक्षा दिनेछ्न भने प्राविधिक धारतर्फका ३० विद्यार्थीले मोहन माया मावि बिर्तामोड परिक्षा केन्द्रमा नियमित तर्फ परिक्षा दिनेछ्न ।

त्यस्तै हल्दिबारीका  विभिन्न विषयमा १४० विद्यार्थी ग्रेड बृद्धि तर्फ सामेल हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार