भद्रपुर, चैत ७ । मेची बहुमुखी क्याम्पस, भद्रपुरमा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) निर्वाचनमा नेपाल विद्यार्थी संघ (नेविसंघ) को प्यानल विजयी भएको छ। सभापतिमा नेविसंघकी निलम कार्की ८२६ मत ल्याएर निर्वाचित भएकी छन्। उनका प्रतिस्पर्धी अनेरास्ववियूका प्रन्सल मगरले ५४० मत प्राप्त गरे।
सचिव पदमा नेविसंघका विवेक तामाङ ६३३ मतसहित विजयी भए भने उनका प्रतिस्पर्धी अनेरास्ववियूका गौरव लुइँटेलले ५५२ मत पाए।
त्यस्तै, कोषाध्यक्षमा नेविसंघका प्रतीक रौनियार ९०९ मत प्राप्त गर्दै निर्वाचित भए। उनका प्रतिस्पर्धी अनेरास्ववियूकी अनुसा भण्डारीले ४७२ मत पाइन्।
सदस्य पदमा नेविसंघका सिद्धान्त सुब्बा, भरतबहादुर थापा, लक्ष्मी प्रसाईँ, अभिषेक साह, थोमस थेबे लिम्बू, अभिषेक घिमिरे र प्रितम आचार्य विजयी भएका छन्।
स्ववियू निर्वाचनमा नेविसंघको प्यानलले स्पष्ट बहुमत हासिल गरेको छ, जसलाई विद्यार्थी राजनीतिमा महत्वपूर्ण सफलता मानिएको छ।