भद्रपुर, झापा । सशस्त्र प्रहरीले भद्रपुर नाकाबाट बिस्कुटको प्याकेटभित्र लुकाएर ब्राउन सुगर भित्र्याउने एक युवकलाई पक्राउ गरेको छ।

सशस्त्र प्रहरी बल नेपाल, प्रस्तावित सीमा सुरक्षा गुल्म भद्रपुरबाट खटिएको टोलीले बिहीबार दिउँसो १:२० बजे भद्रपुर नगरपालिका-४, डागिबारी क्षेत्रमा २१ वर्षीय सुन्दर सिवालाई पक्राउ गरेको हो। उनी तेह्रथुमको आठराई गाउँपालिका-१ घर भई हाल झापा, कनकाई नगरपालिका-७, दुर्गापुरमा बस्दै आएका थिए।

भारतबाट नेपालतर्फ पैदल आइरहेका सिवालाई सशस्त्र प्रहरीले शङ्काका आधारमा जाँच गर्दा उनले बोकेको झोलाभित्र बिस्कुटको प्याकेटमा लुकाइएको २१ ग्राम ब्राउन सुगर बरामद भएको छ। साथमा नगद ३,५३० रुपैयाँ, एक मोबाइल फोन र अन्य सामग्रीसमेत बरामद गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका सिवालाई आवश्यक कानुनी कारबाहीका लागि वडा प्रहरी कार्यालय, भद्रपुरमा बुझाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
6
+1
0
+1
0
+1
4
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार